
नारी बाटिका
नारी वाटिका संवाददाता
काठमाडौं १५ भदौ ।
सोझा साधा नेपालीलाई प्रलोभनमा पारी भारतमा लगेर मिर्गौला बेच्ने गिरोहका नाइकेसहित थप दुई जना पक्राउ परेका छन्। मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले आइतबार पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकका श्यामकृष्ण भण्डारी र उनका सहयोगी सुजन भारतीलाई पक्राउ गरिएको हो। भण्डारीलाई कञ्चनपुर र भारतीलाई वीरगञ्ज नाकाबाट प्रहरीले पक्राउ गरिएको जनाएको छ।
उक्त गिरोहबाट पीडित भएकाहरुले दिएको उजुरीका आधारमा ब्युरोले ‘अपरेसन लाइफ फिल्ड’ नाम दिएर विशेष अनुसन्धान अघि बढाएको थियो।यसैगरी गत साउन २० मा पनि यसै गिरोहका तीन जना पक्राउ परिसकेका छन्। हालसम्म उनीहरूविरुद्ध चार वटा मुद्दा दर्ता भएका छन् भने कम्तीमा पाँच जना पीडितले जाहेरी दिएका छन्।
गिरोहले सिन्धुपाल्चोक, काभ्रे, सिन्धुली, नुवाकोट, धादिङलगायतका जिल्लामा पुगेर विपन्न परिवारलाई विभिन्न प्रलोभनमा पारी पीडितलाई काठमाडौं ल्याई भारतको नयाँ दिल्ली पुर्याउने गर्दथे। दिल्ली पुगेपछि दलालमार्फत मिर्गौला निकालेर बिक्री गर्ने गरेको खुलेको छ।
सर्व साधारणहरुलाई जवर्जस्ती भारत लगी उनीहरूको सहमतिविना मिर्गौला बेचिएको विवरण जाहेरीमा उल्लेख छ। यसले नेपालमा अंग बेचबिखन र तस्करीको गम्भीर घटनालाई थप पुष्टी गरेको छ।
मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार यो समूह लामो समयदेखि सक्रिय थियो। नाइके पक्राउ परेसँगै अब मूल जालो फुत्किन नपाउने गरी अनुसन्धान अघि बढाइनेछ।
नेपालमा यसअघि पनि भारत र अन्य मुलुकमा लगेर मिर्गौला बेच्ने गिरोह पत्ता लाग्ने गरेका छन्। सन् २०१७ मा पनि मोरङ र सुनसरीका युवाहरूलाई दिल्ली लगेरे मिर्गौला बेचिएको उजुरी परेको थियो । उक्त समयदेखी प्रहरीले त्यस गिरोहमाथि कडाईका साथ कारबाही गर्दै आएको छ।
तस्करहरुले गरिबी, बेरोजगारी र शिक्षा–सचेतनाको कमी भएको समुदायमा अंग बेचबिखन सजिलै हुने गरेको छ। अंग तस्करी नियन्त्रणका लागि सीमामा निगरानी कडा गर्ने, जनचेतना कार्यक्रम गर्ने र अन्तर्राष्ट्रिय स्तरमा नेटवर्क विस्तार गर्नु पर्ने उनीहरूको सुझाव छ।







प्रतिक्रिया दिनुहोस