आज: २०८२ भाद्र १६, सोमबार | Mon, 01, Sep, 2025

रूपन्देही३मा उम्मेदवार छान्दै काँग्रेस र एमाले‚माओवादीको भने छलफल हुनै बाँकी

२०८२ भाद्र १६, सोमबार मा प्रकाशित ( २ घण्टा अघि) ७४५ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता,बिबियु

काठमाडौं -१६ भदौ ।

रूपन्देही जिल्लाको निर्वाचन क्षेत्र नं.३ मा हुने उपनिर्वाचनका लागि दलहरूले उम्मेदवार छनोट प्रकृया अघि बढेको छ ।

नेकपा एमालेले आईतबार चारजना उमेद्वारको नाम केन्द्रमा पठाएको छ। नाम पठाईएकाहरुमा खिमलाल भट्टराई, हरि अधिकारी,यज्ञजित शाह र शशिधर पौडेल सहित चारजनाको नाम केन्द्रमा पठाएको एमाले जिल्ला कमिटीले जनाएको छ ।

त्यस्तै नेपाली कांग्रेसले पनि उम्मेदवार छनोटको तयारी तिब्र बनाएको छ । तर काँग्रेसबाट सिफारिसमा परेका उमेद्वारको नाम भने सार्वजनिक गरिएको छैन । रुपन्देही कांग्रेस जिल्ला कार्यसमितिका एक स्रोतका अनुसार अहिले छलफलमै रहेकाले दशैँ अघि नै उम्मेदवार टुंगो लगाउने जनाएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भने छलफल नै चलाएको छैन। माओवादी केन्द्र स्रोतका अनुसार अहिले यस विषयमा छलफलै नभएको बताउँदै पदाधिकारी बैठक बसेर उम्मेदवारको नाम चाँडै टुंग्याउने जानकारी दिएको छ ।

तर चौथो दलको रुपमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले भने यसअघि उम्मेदवार छनोट गरिसकेको छ। रूपन्देही जिल्लाको निर्वाचन क्षेत्र नं.३ मा आगामी कात्तिक ११ मा उपनिर्वाचन हुँदै छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस