आज: २०८२ भाद्र १९, बिहिबार | Thu, 04, Sep, 2025

बाढीले कञ्चनपुरमा ४५ घर डुबानमा परे

२०८२ भाद्र १६, सोमबार मा प्रकाशित ( २ दिन अघि) २१४० पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

कञ्चनपुर -१६ भदौ ।

गएरातिदेखिको अविरल वर्षाका कारण कञ्चनपुरमा ४५ घर डुबानमा परेका छन्।

कञ्चनपुरको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका नदीमा आएको बाढी बस्तीमा पस्दा ४५ घर डुबानमा परेको हो । जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रवक्ता एव् प्रहरी नायब उपरीक्षक सागर बोहराले दोधारा चाँदनी नगरपालिका–८ स्थित रामपुरे टोल र जर्गा टोलमा जोगबुढा नदीको बाढी पस्दा २५ घर डुबानमा परेको बताउनु भयो।

यस्तै दोधारा चाँदनी नगरपालिका–३ स्थित पटराखल्लाका १५ घर डुबावनमा परेका छन्। प्रहरीका अनुसार भीमदत्त नगरपालिका–११ स्थित भुजेलामा पनि पाँच घर डुबानमा परेका छन्। ुदोधारा चाँदनीमा जोडबुढा नदी बस्तीमा पस्दा २५ घर डुबानमा पर्दा ७० जना विस्तापित भएका छन् ।

अहिले उनीहरूको उद्धार गरी नजिककैको विद्यालयमा राखिएको छु । भने डुबानमा परेका परिवार र चौपायालाई सुरक्षित स्थानमा सारिएको प्रहरीको भनाई छ।ु दोधारा चाँदनी नगरपालिका–३ पटराखल्लाका घरपरिवारका ५५ जना, तथा उनका सरसामान र चौपायासमेत नजिककैको जमुना आधारभूत विद्यालयमा राखिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस