आज: २०८२ भाद्र १९, बिहिबार | Thu, 04, Sep, 2025

बेनीमा सम्पर्कविहीन भएका दुई युवकको अवस्था अज्ञात

२०८२ भाद्र १७, मंगलबार मा प्रकाशित ( २ दिन अघि) १२१० पटक पढिएको
नारी बाटिका


म्याग्दी -१७ भदौ ।

म्याग्दीको बेनी सदरमुकामबाट शनिबार रातिदेखि सम्पर्क विहीन भएका दुई युवाहरुको अवस्था अझैसम्म अज्ञात छ। वेपत्ता हुनेमा रघुगङ्गा गाउँपालिका( २ भगवती घर भएका कुमार रिजाल र बेनी नगरपालिका–६ जामुनाखर्क घर भएका हरिप्रसाद शर्मा (रिजाल) गत शनिबार रातिदेखि बेपत्ता भएका हुन्।

शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीमा सहयोगी कर्मचारीका रूपमा कार्यरत कर्मचारी कुमार र बेनीको एक व्यावसायिक फार्ममा काम गर्ने हरि शर्मा रिजाल) सम्पर्क विहीन भएका प्रहरीले जनाएको छ।

‘उनीहरु दुवै जनाले बेनीको बैंक रोडस्थित एक होटलमा खाना खाएर मोटरसाइकलमा निस्किएका र उनीहरु आफ्नो कोठामा नपुगेको र मोबाइल फोन समेत एकैसाथ स्विचअफ भएपछि आफन्तहरुले उनीहरुको खोजीका लागि प्रहरीमा निवेदन दिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सागर पौडेलका अनुसार बेपत्ता भएको समयमा सम्भावित ठाउँका सीसी फुटेजका आधारमा उनीहरु चढेको मोटरसाइकल म्याग्दी र कालीगण्डकी नदी किनारमा निर्माण भएको मोटरबाटोतर्फ मोडिएको देखिएको बताइएको छ ।

तर उक्त मोटरसाइकल सो समयमा कालीपुलमा पुगेको नदेखिएपछि कालीगण्डकी नदीमा दुर्घटनामा परेको हुनसक्ने अनुमानका आधारमा खोजीकार्य अघि बढाइएको प्रहरीले जनाएको छ।

यस्तै रिजालद्वयको अन्य माध्ययमबाट खोजतलास गर्दा अवस्था पत्ता लाग्न नसकेपछि उनीहरू सम्पर्कविहीन भएको समयमा अविरल वर्षा भइरहेको र मोटरसाइकलको गति तीव्र भएकाले नियन्त्रण गुमाउँदा दुर्घटनामा परेर कालीगण्डकी नदीतर्फ खसेको अनुमानका आधारमा सोमबारदेखि नदी किनारमा खोजी कार्य भईरहेको छ।

साथै त्यस वरपर सिसी क्यामेरा नभएकोले रातिको समय भएको त्यसमाथी पनि प्रत्यक्षदर्शी समेत नभएकाले बेपत्ता भएका दुवै जनाको अवस्थाबारे यकीन गर्न कठिनाइ भएको बताएको छ। सोमबार दिनभर नेपाल प्रहरी, सशस्त्र प्रहरी र बेपत्ता युवाको आफन्तहरूको टोलीले नदी किनारमा खोजी गरे पनि दुवै युवासँगै उहाँहरू सवार मोटरसाइकलको अवस्था पत्ता लाग्न नसकेको सुचना अधिकारी पैडेलले जानकारी दिनु भयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस