आज: २०८२ भाद्र १८, बुधबार | Wed, 03, Sep, 2025

श्रीमतीको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ

२०८२ भाद्र १७, मंगलबार मा प्रकाशित ( २२ घण्टा अघि) ९०० पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

अर्घाखाँची -१७ भदौ ।

अर्घाखाँचीमा श्रीमती हत्या गरेको अभियोगमा एक पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

छत्रदेव गाउँपालिका(४ पातले बस्ने ३६ वर्षीय किरण गुरूङले आफ्नी श्रीमती ३४ वर्षीया सुमित्रा कुमाल गुरूङको हत्या गरेका हुन् । सो अभियोगमा प्रहरीले उनलाई गएराति नियन्त्रणमा लिएको हो ।

प्रहरीचौकी वल्कोटबाट खटिएको प्रहरीले किरणले सुनिताको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ उनलाई पक्राउ गरेको थियो । प्रहरीले भान्सा कोठामा खाडल खनेर गाडेको अवस्थामा सुनिताको शव फेला पारेको होे ।

घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस