
नारी वाटिका संवाददाता
अर्घाखाँची -१७ भदौ ।
अर्घाखाँचीमा श्रीमती हत्या गरेको अभियोगमा एक पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
छत्रदेव गाउँपालिका(४ पातले बस्ने ३६ वर्षीय किरण गुरूङले आफ्नी श्रीमती ३४ वर्षीया सुमित्रा कुमाल गुरूङको हत्या गरेका हुन् । सो अभियोगमा प्रहरीले उनलाई गएराति नियन्त्रणमा लिएको हो ।
प्रहरीचौकी वल्कोटबाट खटिएको प्रहरीले किरणले सुनिताको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ उनलाई पक्राउ गरेको थियो । प्रहरीले भान्सा कोठामा खाडल खनेर गाडेको अवस्थामा सुनिताको शव फेला पारेको होे ।
घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।












प्रतिक्रिया दिनुहोस