
नारी वाटिका संवाददाता
दोलखा -१७ भदौ
दोलखाको लापिलाङ आसपास केन्द्रविन्दु भएर मंगलबार भूकम्प भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज अपराह्न ३ः१३ बजे दोलखाको लापिलाङ आसपास केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टर स्केलको भूकम्प भएको हो ।
यसैगरी आजै बिहानै गोरखाको अजिरकोट गाउँपालिका–३ हंशपुर केन्द्रविन्दु भएर चार रेक्टर स्केलको भुकम्प भएको थियो । केही समय यता नेपालमा ससना रेक्टरस्केलको भूकम्प जाने क्रम जारी रहेकोे राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस