आज: २०८२ भाद्र १८, बुधबार | Wed, 03, Sep, 2025

गंगबुको एकघरबाट प्रहरीले छापा मारी ४ करोड नगद र गहनासहित एकजना पक्राउ

२०८२ भाद्र १८, बुधबार मा प्रकाशित ( ८ घण्टा अघि) १०८६ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौँ १८ भदौ

काठमाडौँको गंगबुस्थित एक घरबाट झन्डै ४ करोड नगद र गहनासहित एकजनालाई नियन्त्रणमा लिई प्रहरीले छापा मारेको छ । मंगलबार काठमाडौं महानगरपालिका–२६ गोंगबुस्थित टाउन प्लानिङमा रहेको एक घरबाट प्रहरीले ठूलो मात्रामा नगदसहित थुप्रै गहना बरामद गरेको हो ।

गण्डकी प्रदेश गोरखा घर भएका ७६ वर्षीय विनोद श्रेष्ठको घरमा मंगलबार बिहानै प्रहरीले छापा मारी करिब ४ करोड रुपैयाँ बराबरको नगद र गरगहना बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नगदसहित ठूलो परिमाणमा गहना पनि बरामद भएको र त्यसको तौल तथा मूल्यांकन कार्य भइरहेको जनाएको छ। उपत्यका प्रहरी कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग बसपार्कबाट खटिएको संयुक्त टोलीले बरामद रकम गणना गर्न मेशिन समेत प्रयोग गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले जानकारी दिनु भयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस