
नारी बाटिका
नारी वाटिका संवाददाता
काठमाडौँ १८ भदौ
काठमाडौँको गंगबुस्थित एक घरबाट झन्डै ४ करोड नगद र गहनासहित एकजनालाई नियन्त्रणमा लिई प्रहरीले छापा मारेको छ । मंगलबार काठमाडौं महानगरपालिका–२६ गोंगबुस्थित टाउन प्लानिङमा रहेको एक घरबाट प्रहरीले ठूलो मात्रामा नगदसहित थुप्रै गहना बरामद गरेको हो ।
गण्डकी प्रदेश गोरखा घर भएका ७६ वर्षीय विनोद श्रेष्ठको घरमा मंगलबार बिहानै प्रहरीले छापा मारी करिब ४ करोड रुपैयाँ बराबरको नगद र गरगहना बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार नगदसहित ठूलो परिमाणमा गहना पनि बरामद भएको र त्यसको तौल तथा मूल्यांकन कार्य भइरहेको जनाएको छ। उपत्यका प्रहरी कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग बसपार्कबाट खटिएको संयुक्त टोलीले बरामद रकम गणना गर्न मेशिन समेत प्रयोग गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले जानकारी दिनु भयो।








प्रतिक्रिया दिनुहोस