आज: २०८२ भाद्र १८, बुधबार | Wed, 03, Sep, 2025

धादिङमा वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न

२०८२ भाद्र १८, बुधबार मा प्रकाशित ( २ घण्टा अघि) ६३ पटक पढिएको
नारी बाटिका


विवियु,नारी वाटिका संवाददाता
धादिङ – १८ भदौ ।

धादिङमा जिल्ला स्तरीय वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्मन्न भएको छ । मंगलबार जिल्ला समन्वय समिति धादिङको आयोजनामा वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको हो ।

जिल्लाका २ नगरपालिका तथा ११ गाउँपालिका तथा सरकारी निकायहरुले आर्थिक वर्ष २०८१र०८२ माा सम्पन्न गरेका विकास निर्माण तथा नागरिक सेवासंग सम्वन्धत कार्यको समीक्षा गरिएको थियो । कार्यक्रममा जिल्लाभित्रका १३ वटै स्थानीय तह, जिल्ला स्थितका सरकारी कार्यालय तथा प्रदेश मातहतका सरकारी कार्यालयहरूको सहभागिता रहेको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख नवराज अकिधारीको अध्यक्षता तथा वागमति प्रदेश सासद माननीय गोविन्द प्रशाद लम्सालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सम्बन्धित निकायहरूले आफ्नो वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै आगामी वर्षका लागि योजनाहरूको विषयमा छलफल गरेका थिए ।

उनीहरुले गरेका प्रस्तुतीकरणमा विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार लगायतका क्षेत्रमा भएका उपलब्धि तथा चुनौतीहरूबारे पनि विस्तृत समीक्षा गरिएको थियो ।

समीक्षा कार्यक्रमको दोस्रो दिन आज प्रमुख अतिथि तथा अतिथिहरु र समन्वय समिती धादिङका प्रमुख नवराज अधिकारीले धन्यवादको मन्त्व्यसहित कार्यक्रम सम्पन्न गरिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस