
नारी वाटिका संवाददाता
महेन्द्रनगर -१९ भदौ
भारतको उत्तराखण्डसहित आसपासका क्षेत्रमा कुखुरामा बर्डफ्लु देखिएपछि कञ्चनपुरमा उच्च सतर्कता अपनाइएको छ।
जिल्ला बर्डफ्लु रोग नियन्त्रण समितिले सीमा नाकामा पन्छी तथा पन्छीजन्य पदार्थको आयात–निर्यातमा कडाइ गरेको हो । सीमावर्ती पालिकाहरूमा सचेतना मूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ
सीमावर्ती क्षेत्रमा सङ्क्रमण देखिएकाले नेपालमा पनि बर्डफ्लु फैलिन सक्ने र यसको जोखिम हुने हुंदा सीमावर्ती क्षेत्रमा सतर्कता अपनाउन थालिएको हो ।
भारतसँग सीमा जोडिएका दोधरा चाँदनी, बेलौरी, पुनर्वास, भीमदत्त नगरपालिका र बेलडाँडी गाउँपालिकामा बर्डफ्लु नियन्त्रण तथा प्रतिबन्ध सम्बन्धी सचेतना मूलक कार्यक्रम गर्ने त्यस क्षेत्रका स्थानीय तहले बताएका छन् ।












प्रतिक्रिया दिनुहोस