आज: २०८२ भाद्र १९, बिहिबार | Thu, 04, Sep, 2025

देश पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८२ भाद्र १९, बिहिबार मा प्रकाशित ( ५ घण्टा अघि) ४९७ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
काठमाडौं -१९ भदौ ।

हाल मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिण तर्फ रहेको छ । जसको कारणले देशभर मौसम बदली भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षा हुन सक्ने भएकाले त्यस क्षेत्रमा सतर्क रहन अनुरोध गरिएको छ।

अहिले बिहानसम्म कोशी र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम तथा चट्याङसहितको वर्षा भैइरहेछ । यस्तै बिहिबार दिउँसो देशभर सामान्य बदली रही पहाडी र केही तराई क्षेत्रहरूमा मध्यम वर्षा र हावाहुरीको सम्भावना रहेको छ।

यसैगरी आज राति पनि पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस