
नारी बाटिका
नारी वाटिका संवाददाता
काठमाडौं -१९ भदौ ।
नेपालमा सामाजिक सञ्जाल दर्ता हुन दिएको समयावधी सकिएको छ ।
सामाजिक सञ्जाल सूचीकरणका लागि सरकारले दिएको सात दिनको म्याद बुधबार रातिदेखि सकिएको हो । तोकिएको समयमा दर्ता नभएका प्लेटफर्मबारे सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज छलफल गरी आवश्यक निर्णय गर्ने तयारी गरेको छ ।
नेपालमा दर्ता नभएका सामाजिक सञ्जाललाई सरकारले ‘सामाजिक सञ्जाल प्रयोग सम्बन्धी निर्देशिका २०८०’ अनुसार क्रमशः नेपालभित्र निष्क्रिय गराउन सक्ने अवस्था पनि छ । नेपालमा सूचीकरण भएपछि भने तत्कालै सक्रिय गरिने व्यवस्था छ ।
यसअघिे भदौ ९ को मन्त्रिपरिषद् बैठकले गरेको निर्णयले सात दिनको समयसीमा तोकेर मन्त्रालयलाई सूचीकरणका लागि आह्वान गर्न निर्देशन दिएको थियो । त्यसअनुसार भदौ १२ गते सूचना जारी गरिएको हो ।
मन्त्रालयले माघ २१, चैत ७ र वैशाख २२ मा ३ पटक सूचना जारी गर्दै दर्ता हुन आग्रह गरिसकेको भएतापनि हालसम्म भाइबर, टिकटक, निम्बज, विटक र पोपो लाइभ मात्र सूचीकरणमा आएका छन् ।
त्यसमाथी पिन नेपालमा सर्वाधिक प्रयोग हुने सामाजिक सञ्जालहरु मध्यको फेसबुक ९२.६५ प्रतिशत, ट्विटर ४. युट्युब २.४३, इन्स्टाग्राम ०.३४ लिंङडेन ०.२६ र पिन्टरेस्ट ०.१३ प्रतिशत, रहेको छ ।








प्रतिक्रिया दिनुहोस