आज: २०८२ भाद्र १९, बिहिबार | Thu, 04, Sep, 2025

नेपालमा सामाजिक सञ्जाल दर्ता हुन दिएको समयावधी सकियो

२०८२ भाद्र १९, बिहिबार मा प्रकाशित ( १२ घण्टा अघि) १०८६ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं -१९ भदौ ।

नेपालमा सामाजिक सञ्जाल दर्ता हुन दिएको समयावधी सकिएको छ ।

सामाजिक सञ्जाल सूचीकरणका लागि सरकारले दिएको सात दिनको म्याद बुधबार रातिदेखि सकिएको हो  । तोकिएको समयमा दर्ता नभएका प्लेटफर्मबारे सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज छलफल गरी आवश्यक निर्णय गर्ने तयारी गरेको छ ।

नेपालमा दर्ता नभएका सामाजिक सञ्जाललाई सरकारले ‘सामाजिक सञ्जाल प्रयोग सम्बन्धी निर्देशिका २०८०’ अनुसार क्रमशः नेपालभित्र निष्क्रिय गराउन सक्ने अवस्था पनि छ । नेपालमा सूचीकरण भएपछि भने तत्कालै सक्रिय गरिने व्यवस्था छ ।

यसअघिे भदौ ९ को मन्त्रिपरिषद् बैठकले गरेको निर्णयले सात दिनको समयसीमा तोकेर मन्त्रालयलाई सूचीकरणका लागि आह्वान गर्न निर्देशन दिएको थियो । त्यसअनुसार भदौ १२ गते सूचना जारी गरिएको हो ।

मन्त्रालयले माघ २१, चैत ७ र वैशाख २२ मा ३ पटक सूचना जारी गर्दै दर्ता हुन आग्रह गरिसकेको भएतापनि हालसम्म भाइबर, टिकटक, निम्बज, विटक र पोपो लाइभ मात्र सूचीकरणमा आएका छन् ।

त्यसमाथी पिन नेपालमा सर्वाधिक प्रयोग हुने सामाजिक सञ्जालहरु मध्यको फेसबुक ९२.६५ प्रतिशत, ट्विटर ४. युट्युब २.४३, इन्स्टाग्राम ०.३४ लिंङडेन ०.२६ र पिन्टरेस्ट ०.१३ प्रतिशत, रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस