आज: २०८२ भाद्र २०, शुक्रबार | Fri, 05, Sep, 2025

आज मानव बेचबिखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय दिवस

२०८२ भाद्र २०, शुक्रबार मा प्रकाशित ( २ घण्टा अघि) १५६ पटक पढिएको
नारी बाटिका


बिवियु नारी वाटिका संवाददाता

धादिङ -२० भदौ ।

मानव बेचबिखनविरुद्धको १९ औं राष्ट्रिय दिवस आज विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरी मनाइदैछ ।

नेपाल प्रहरी,राष्ट्रीय मानव अधिकार आयोग,तिनै तहका सरकार,लैंगिक हिंसा विरुद्धमा सरोकार राख्ने लगायतका महिला बेचबिखन विरुद्ध अभियान सञ्चालन गरिरहेका सामाजिक संस्था र महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको संयुक्त आयोजनामा हुने कार्यक्रम गर्दै छन् ।

विशेष गरी यस दिवसका अवसरमा बेचिएका चेलीबेटीको उद्दार, बेचबिखनबाट जोगाउन चाल्नुपर्ने कदम लगायतका विषयमा चेतनामुलक कार्यक्रम गरीने गरिन्छ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्ने उद्देश्यका साथ २०६३ सालदेखि नेपालले यस दिवस मनाउन थालिएको हो ।

मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ र नियमावली २०६४ बनेको छ । यद्यपि अझैपनि उक्त ऐन तथा नियमावलीको उचित कार्यान्वयन नुहँदा महिला बेचबिखन विरुद्धको काम पूर्ण रुपमा सफल हुन सकेको छैन् ।

महिला तथा बालिका बेचबिखन हुन नदिन तथा बेचबिखनमा परेको चेलीलाई उद्धार गर्न सरकारले सहायता केन्द्रको पनि स्थापना गरेको छ । उक्त केन्द्रमा बेचबिखनबाट प्रभावित महिलाहरु छन् । पछिल्लो समयमा यस क्षेत्रमा सरकारले निकै कडाई गरी मानव बेचबिखन तथा ओसारपसार ुगर्ने दलालहरुलाई काननी दायरामा ल्याउने गरेको छ भने यसमा संलग्न भएकालाई सजाय भैईरहेको छ । तरपनि दलालहरुले अनेकौं माध्यहरु प्रयोग गरी मानव बेचबिखन तथा ओसारपसार रोकिन सकेको छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस