
नारी बाटिका
बिवियु नारी वाटिका संवाददाता
काठमाडौँ २० भदौ ।
सरकारले बन्द गरेका २६ सामाजिक सञ्जाल मध्ये ८ वटा कम्पनीहरु सरकारको सम्पर्कमा आएका छन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनमा शुक्रबारदेखी नेपाल दूरसञ्चार प्राधिकरणले बन्द गर्नका लागि इन्टरनेट सेवा प्रदायकलाई पत्र पठाईएकाहरु मध्य सबै सामाजिक संन्जाल कम्पनीका सञ्चालकहरू सम्पर्कमा आएका हुन् ।
जसमध्यका नेपालका लागि केन्द्रित गरी सञ्चालित हाम्रो पात्रोले बिहीबार नै दर्ता प्रक्रिया थालेर निष्क्रिय हुनबाट जोगिएको छ । त्यसैगरी फेसबुक मेटाले समेत अनौपचारिक रूपमा सम्पर्कमा आएर सूचीकरणका लागि आवश्यक कागजातको बारेमा बुझेको सञ्चार मन्त्रालयले जनाएको हो ।
मेटा फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, ह्वाट्सएप र थ्रेड्सको सञ्चालक कम्पनी हो । त्यस्तै, शुक्रबार ट्वीटर (एक्स)ले पनि सरकारसँग आधिकारिक रूपमै सम्पर्कमा आएको छ । शुक्रबार नै चिनियाँ सामाजिक सञ्जाल कम्पनी वी च्याटले पनि सरकारसँग सम्पर्क गरी सूचीकरणको प्रक्रियाको बारेमा जानकारी लिएको हो ।
त्यसैगरी नेपाल सरकारले बन्द गर्न निर्देशन दिएका सामाजिक संन्जालमध्ये अब युट्यूब, लिंक्ड इन, स्न्याप च्याट, रेडिट, डिस्कर्ड, पिन्ट्रेस्ट, सिग्नल, कोरा, सम्ब्लर, क्लब हाउस, मास्टो डन, रम्बल, मि वी, मि भिके, लाइन, इमो, जालो र सोल सम्पर्कमा आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ।








प्रतिक्रिया दिनुहोस