आज: २०८२ भाद्र २१, शनिबार | Sat, 06, Sep, 2025

आज इन्द्रजात्रा,देवराज इन्द्रको पूजा(आराधना गरी मनाईँदै

२०८२ भाद्र २१, शनिबार मा प्रकाशित ( १५ घण्टा अघि) ७७६ पटक पढिएको
नारी बाटिका


बिवियु , नारी वाटिका संवाददाता

काठमाडौँ- २१ भदौ ।
आज देवराज इन्द्रको पूजा(आराधना गरी मनाईँद्यै छ ।

विशेषगरी काठमाडौंमा लाग्ने मेला तथा शनिबार इन्द्रजात्रा पर्व मनाइँदैछ। भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका जिल्लामा मनाइन्छ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि शुभ प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने गरिन्छ।

यसै पर्वका अवसरमा चतुर्दशीका दिन राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा मानिने श्री कुमारी,श्री गणेश र श्री भैरवनाथको रथयात्रा नजर गर्ने परम्परा छ। राजतन्त्र रहुञ्जेल राजाबाट श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा दर्शन गर्ने परम्परा थियो।

त्यस्तै द्वादशीका दिन इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि शुरु भएको मानिने यस जात्राको अवधीभर भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाईन्छ।

इन्द्रध्वजाको लिङ्गो ठड्याएको आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौथीका दिन ‘इन्द्रध्वज पातन’ गर्ने अर्थात् लडाउने गरिन्छ। धर्मशास्त्रविद् तोयराज नेपालका अनुसार ‘भरणी नक्षत्रको रातमा लडाउने शास्त्रीय मान्यता छ, ‘भरण्यां निशि पातयेत्’ भनी उल्लेख गरिएको छ’,

उपत्यकाको पश्चिममा पर्ने दहचोकस्थित इन्द्रदहमा रातभर भक्तजनहरुले जाग्राम बसी भाद्र शुक्ल पूर्णिमाका दिन मेला भर्नी परम्परा पनि छ।

इन्द्रजात्राका दिन नेपाल सरकारले काठमाडौँ उपत्यकामा बिदा दिने गरेको छ। यो वर्ष शनिबार परेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस