
नारी बाटिका
बिवियु नारी वाटिका संवाददाता
धादिङ २१ भदौ ।
आज धादिङको बेनिघाट रोराङ गाउँपालिका बादरेमोडमा बस दुर्घटना हुंदा १३ जना घाईते भएका छन् ।
शनिबार दिनको अ.११ः३० बजे बिरगंञ्ज बाट काठमाण्डौ तर्फ जाँदै गरेको ना.४ ख.३१५३ नं.को पेट्रोल बोकेको ट्याङकर र बिपरीत दिशा (ताल्ती बाट मुग्लिन)तर्फ जाँदै गरेको ना.४ ख.२८९४ नं..को बस एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।

बसमा सवार ६० जना यात्रुहरुमध्य १३ जना घाईते भई उपचारको लागि मलेखु स्थित मलेखु रार्जमार्ग अस्पताल पठाइएको हो ।
घटना स्थलमा इलाका प्रहरी कार्यलय बेनिघाट बाट प्र.ना.नि.हर्क बहादुर खड्काको कमाण्ड र इलाका प्रहरी कार्यलय गजुरीबाट प्र.ना.उ.विकास थापाको कमाण्डमा ट्राफिक प्रहरी सहितको टोली खटि गई घाईतेहरुको उद्धार गरिएको थियो ।
साथै उक्त दुर्घटनाका कारण बाटो अबरोध नभएको र घाईतेहरुको अवस्था सामान्य रहेको छ भने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय धादिङका सुचना अधिकारी सुवास हमालले जानकारी दिनु भयो ।








प्रतिक्रिया दिनुहोस