आज: २०८२ भाद्र २१, शनिबार | Sat, 06, Sep, 2025

बेनिघाट रोराड॰ बादरेमोडमा बस र ट्यांकर ठोक्किँदा १३ जना घाईते

२०८२ भाद्र २१, शनिबार मा प्रकाशित ( ५ घण्टा अघि) ५५९ पटक पढिएको
नारी बाटिका


बिवियु नारी वाटिका संवाददाता

धादिङ २१ भदौ ।

आज धादिङको बेनिघाट रोराङ गाउँपालिका बादरेमोडमा बस दुर्घटना हुंदा १३ जना घाईते भएका छन् ।

शनिबार दिनको अ.११ः३० बजे बिरगंञ्ज बाट काठमाण्डौ तर्फ जाँदै गरेको ना.४ ख.३१५३ नं.को पेट्रोल बोकेको ट्याङकर र बिपरीत दिशा (ताल्ती बाट मुग्लिन)तर्फ जाँदै गरेको ना.४ ख.२८९४ नं..को बस एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।

बसमा सवार ६० जना यात्रुहरुमध्य १३ जना घाईते भई उपचारको लागि मलेखु स्थित मलेखु रार्जमार्ग अस्पताल पठाइएको हो ।

 

घटना स्थलमा इलाका प्रहरी कार्यलय बेनिघाट बाट प्र.ना.नि.हर्क बहादुर खड्काको कमाण्ड र इलाका प्रहरी कार्यलय गजुरीबाट प्र.ना.उ.विकास थापाको कमाण्डमा ट्राफिक प्रहरी सहितको टोली खटि गई घाईतेहरुको उद्धार गरिएको थियो ।

साथै उक्त दुर्घटनाका कारण बाटो अबरोध नभएको र घाईतेहरुको अवस्था सामान्य रहेको छ भने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय धादिङका सुचना अधिकारी सुवास हमालले जानकारी दिनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस