आज: २०८२ भाद्र २१, शनिबार | Sat, 06, Sep, 2025

बीमा प्राधिकरण अध्यक्ष पदका लागि १४ जनाको आवेदन

२०८२ भाद्र २१, शनिबार मा प्रकाशित ( ५ घण्टा अघि) २४९ पटक पढिएको
नारी बाटिका


बिवियु नारी वाटिका संवाददाता

काठमाडौँ २१ भदौ ।

नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदका लागि १४ जनाको आवेदन परेको छ। अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिले मिति २०८२्र भदौ १३ मा दरखास्त आह्वान गरेपछि सात दिनभित्र आवेदन दिनेहरूको सूची आज सार्वजनिक गरिएको हो।

आवेदन दिनेमा विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, डा।.दामोदर बसौला, चिन्तामणि सिवाकोटी, घनश्याम बुढाथोकी, विक्रान्त पाण्डे, पारस काफ्ले, ज्ञानेन्द्र अधिकारी, देव कुमार ढकाल, प्रा.डा. दीपक बहादुर भण्डारी, डा. राजेन्द्र पण्डित, यज्ञ प्रसाद न्यौपाने, रमेश कुमार भट्टराई र महेश्वर न्यौपाने रहेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस