आज: २०८३ श्रावण १३, बुधबार | Wed, 29, Jul, 2026

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०८२ भाद्र २१, शनिबार मा प्रकाशित ( १0 महिना अघि) ४२१७ पटक पढिएको
नारी बाटिका


काठमाडौँ २१ भदौ ।

कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारस्थित सडकमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । काठमाडौँको गोठाटारस्थित सडकको पहेँलो पुलबाट जम्बुडाँडातर्फ जाँदै गरेको बा५ख ३२३९ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा काठमाडौँ चाबहिल बस्ने गोरखा घर भएकी ५८ वर्षीया जिरादेवी दानी रहेकी प्रहरीले जनाएको छ। ट्रकको ठक्करबाट गम्भीर घाइते दानीको जोरपाटीस्थित शङ्खरापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिनु भयो ।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस