आज: २०८२ भाद्र २२, आईतबार | Sun, 07, Sep, 2025

ड्युटीमै सई धन थापाको  हृदयघात भई निधन

२०८२ भाद्र २२, आईतबार मा प्रकाशित ( ८ घण्टा अघि) २१८ पटक पढिएको
नारी बाटिका


बिवियु नारी वाटिका संवाददाता

नेपालगन्ज -२२ भदौ ।

ड्युडीका क्रममा रहेका नेपाल प्रहरीका नायब निरीक्षक (सई) धनबहादुर थापाको निधन भएको छ।

जिल्ला प्रहरी कार्यालय बर्दियामा दरबन्दी भई हाल वडा प्रहरी कार्यालय नेपालगन्जमा कार्यरत थापाको शनिबार बिहान नियमित ड्युटीका लागि नेपालगन्ज बजारमा खटिएका थिए। थापाको ड्युटीमै रहेको समयमा हृदयघात भई उनी एक्कासी भुईँमा ढलेका थिए।

थापालाई तत्कालै अस्पताल पुर्‍याइए पनि चिकित्सकहरूले मृत घोषित गरेका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपीले जनाएका छन्।
रोल्पा घर भएका सई थापा मिलनसार, कर्तव्यनिष्ठ र संगठन प्रति समर्पित प्रहरी अधिकारीका रूपमा परिचित थिए।

मृतक थापाको पार्थिव शरीर पोस्टमार्टमपछि परिवारलाई जिम्मा लगाइने बाँके प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस