आज: २०८२ फागुन ३०, शनिबार | Sat, 14, Mar, 2026

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

२०८२ भाद्र २२, आईतबार मा प्रकाशित ( ६ महिना अघि) ४०३१ पटक पढिएको
नारी बाटिका


बिवियु नारी वाटिका संवाददाता

काठमाडौँ -२२ भदौ ।
हाल मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थान र पश्चिममा सरदरभन्दा दक्षिणतिर अवस्थित छ। जसको कारण आसपासको निम्नचापीय क्षेत्रको प्रभाव देशको पूर्वी भूभागमा पर्ने देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र गण्डकी प्रदेश लगायतका देशका पहाडी भूभागमा साधरणतया बदली तथा बाँकी भूभागमा आंशिक बदली छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडका केही स्थान र बाँकी भूभागका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। त्यस्तै पहाडी भूभागका थोरै र बाँकी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। तर कोशी र कर्णाली प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

यस्तै आज राति कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भूभागमा साधरणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका केही तथा बाँकी पहाड र तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।

कोशी प्रदेशको तराईका एक(दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस