आज: २०८२ भाद्र २२, आईतबार | Sun, 07, Sep, 2025

सामाजिक सञ्जाल प्रतिबन्धबारे कांग्रेसमा छलफल

२०८२ भाद्र २२, आईतबार मा प्रकाशित ( १0 घण्टा अघि) ३४२ पटक पढिएको
नारी बाटिका


विज्ञसँग सल्लाह गरी धारणा बनाइने

बिवियु, नारी वाटिका संवाददाता
काठमाडौँ २२ भदौ ।

सरकारले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाउने निर्णय गरेको विषयमा नेपाली कांग्रेस असन्तुष्ट बनेको छ। आइतबार सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठ निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा नेताहरूले सामाजिक सञ्जाल बन्द गर्नु समाधान नहुने भन्दै सरकारलाई ध्यानाकर्षण गराउनु पर्ने निष्कर्ष निकालेका छन्।

काँग्रेसको आज बसेको बैठकमा उक्त विषयमा विस्तृत छलफल भएको हो। अदालतको आदेश अनुसार कानुन बनाएर नियमन गर्न सकिन्छ, तर सिधै बन्द गर्नु उचित नहुने विषयमा विशेष छलफल गरिएको थियो । कानुन बनेपछि सूचीकृतका लागि म्याद थप्ने व्यवस्था मिलाउनु पर्ने सुझाव राखिएको छ।

नेता तथा काँग्रस महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जाल रोक्दा जनतामा असन्तुष्टि बढ्ने बताउनु भयो । बैठकमा सभापति देउवाले सरकारले के सोचेर यस्तो कदम चाल्यो भन्ने बुझ्नुपर्ने बताउनु भयो। साथै उहाँले, पार्टीले यसबारे विज्ञहरूसँग परामर्श गरेर मात्रै औपचारिक धारणा बनाउने निर्णय भएको छ।

प्रचार विभाग प्रमुख मीन विश्वकर्माले विज्ञहरूसँग छलफल गरेपछि सरकारलाई सुझाव दिने तयारी भएको जानकारी दिए। साथै बैठकमा मनाङ प्रदेशसभा ‘ख’ मा कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरिएको छ। उम्मेदवारबारे भने संसदीय बोर्डले चाँडै निर्णय गर्ने बैठकमा सहभागी एक उच्च स्रोतले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस