आज: २०८२ भाद्र २२, आईतबार | Sun, 07, Sep, 2025

देशलाई हेपेको सहन सकिँदैनः प्रधानमन्त्री ओली

२०८२ भाद्र २२, आईतबार मा प्रकाशित ( ८ घण्टा अघि) ३४२ पटक पढिएको
नारी बाटिका


बिवियु नारी वाटिका संवाददाता

ललितपुर -२२ भदौ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अरु जुनसुकै कुरा सहिन्छ तर देशलाई हेपेको सहन नसकिने बताउनु भएको छ ।

शुक्रबारदेखि ललितपुरको गोदावरीस्थित सनराइज भवनमा भैइरहेको सम्मेलनमा आज प्रतिनिधिलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले दशलाई बेथिति र हेपाहा प्रवृत्तिमा सदैव विरोधमा उत्रने बताउनु भएको हो । साथै प्रधानमन्त्री वलीले देशलाई हेपेको कदापि नसहने बताउनु भएको छ ।

“राष्ट्रियता कविता हैन, छन्द हैन, क्षणिक स्वार्थ हैन, हामी वाक स्वतन्त्रता र राष्ट्रिय स्वाभिमानका लागि बलिदान दिएर आएका शक्ति हौँ, सामाजिक सञ्जालका विरुद्धमा नेकपा एमाले छैन, नेपालमा व्यवसाय गरेर पैसा कमाउने तर कानुन बमोजिम नबस्ने कुरा सह्य हुँदैन । अहिले केही मान्छेहरु विरोध मात्रै गर्ने पात्र पुतलीजस्ता भएका छन्”, प्रधानमन्त्री ओलीले भन्नु भयो।

“कहलिएका बुद्धिजीवीहरुको चिन्तन नै स्वतन्त्र छैन, आफूलाई ठूलो बुद्धिजीवी भन्नेहरूले कस्ता कुराबाट समाजलाई प्रभावित गर्न खोजेका छन् भन्ने देखिएकै छ । पछिल्लो समयमा ‘जेनजी’ पुस्ताका नाममा समाजलाई भड्काउन खोजिएको छ, तर ‘जेनजी’ पुस्ता देशलाई माया गर्छ”, उहाँले भन्नु भयो।

यस्तै उहाँले सरकारले एक वर्षअघिदेखि सामाजिक सञ्जाललाई दर्ता गर्न भनेको स्मरण गर्दै “अहिले चार जना मानिसको रोजगारी खोसिएको भन्दा देशको स्वाधीनता ठूलो हो, देशको कानुन नमान्ने, संविधान नमान्ने, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता, सार्वभौमसत्ताको कुरालाई नमान्ने पनि कहीँ हुन्छ, ? स्वाधीनता स्वाभिमानबाट प्राप्त हुन्छ, स्वाभिमानबाट स्वतन्त्रता प्राप्त हुन्छ”, अध्यक्ष ओलीको भनाई थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस