
नारी बाटिका
बिवियु नारी वाटिका संवाददाता
काठमाडौँ २२ भदौ ।
भ्रष्टाचार विरुद्धको अभियान अलाउँदै आएका जेन–जी युवा समुहहरूलाई काठमाडौं प्रशासनले प्रदर्शन गर्न अनुमति दिएको छ। माइतीघर–नयाँबानेश्वर क्षेत्रलाई प्रदर्शन स्थल तोक्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आज उनीहरुलाई अनुमति दिएको हो।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल समक्ष जेन–जी समूहका केही प्रतिनिधिहरू अनुमतिका लागी जिल्ला प्रशासन कार्यालय पुगेको थिए । ।जेन–जी पुस्ताका युवाहरूलाई प्रशासन कार्यलयले शान्तिपूर्ण रुपमा विरोध गर्न अनुमति दिने निर्णय गरेको जानकारी दिनु भयो।
प्र.जि.अ.रिजालले , “संवैधानिक अधिकारअन्तर्गत प्रदर्शन गर्न पाउने भएकाले आवश्यक सुरक्षा व्यवस्था मिलाएर शान्तिपूर्ण कार्यक्रम गर्न दिइनेछ।”
‘नेप्लिज स्टुडेन्ट्स फर जस्टिस’ नामक समूहको नेतृत्वमा हुने यो प्रदर्शनमा विश्वविद्यालय तथा विद्यालयका विद्यार्थीहरू परिचय पत्रको साथमा पोसाकमै सहभागी हुने बताइएको छ। उनीहरूले भ्रष्टाचार अन्त्य, सुशासनको सुनिश्चितता र रोजगारी सिर्जना जस्ता मुद्दामा जनदबाब सिर्जना गर्ने लक्ष्य लिएका छन्।
आयोजक समूहले कुनै राजनीतिक दल वा संगठनसँग आफूहरू सम्बद्ध नभएको दाबी गर्दै प्रदर्शनलाई पूर्णत स्वतन्त्र र नागरिक पहलको रूपमा अघि बढाउने जन छनएका छन्। उनीहरुले यसअघि पनि माइतीघर क्षेत्रमा शान्तिपूर्ण विरोध र नागरिक आन्दोलन गर्दै आएको छन्। प्रशासनले भने प्रदर्शनी शान्तिपूर्ण हुनुपर्ने र तोकिएको क्षेत्र बाहिर कार्यक्रम नगर्न दबाव दिएको छ।








प्रतिक्रिया दिनुहोस