
बिवियु नारी वाटिका संवाददाता
काठमाडौँ २३ भदौ ।
आज राजधानीमा जेनजी युवा पुस्ताले गरेका आन्दोलनमा ’ प्रदर्शनको समाचार सङ्कलन गर्न गएका चार पत्रकारसहित सयौं प्रदर्शनकारीहरु घाइते भएका छन्।
उनीहरुले नयाँ बानेश्वर क्षेत्रमा विरोध प्रदर्शन गरेका थिए भने सोही घटनामा १४ जनाको मृत्यु भएको बताइएको छ । साथै प्रदर्शनको समाचार सङ्कलन गर्न गएका चारजना पत्रकारहरू श्याम श्रेष्ठ, दीपेन्द्र ढुङ्गाना, उमेश कार्की र शम्भु दङ्गाल लगायत सयौं जना घाइते भएका नेपाल पत्रकार महासङ्घले जनाएको छ।
घाइते पत्रकारको ट्रमा सेन्टर, पाटन अस्पताल र सिभिल अस्पतालमा उपचार भइरहेको छ। सोही प्रदर्शनमा १४ जनाको मृत्यु भएको बताईएको छ । साथै घटनाको एकिन विवरण आउन बाँकी छ ।












प्रतिक्रिया दिनुहोस