आज: २०८३ भाद्र २८, आईतबार | Sun, 13, Sep, 2026

जेनजी प्रदर्शनकारीले घरमा आगो लगाउँदा झलनाथकी पत्नीको मृत्यु

२०८२ भाद्र २४, मंगलबार मा प्रकाशित ( १ साल अघि) १२७७३ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौँ -२४ भदौ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधान मन्त्री झलनाथ खनाल श्रीमती रविलक्ष्मी चित्रकारको जलेर मृत्यु भएको छ।

आक्रोस बनेका प्रदर्शनका भिडले डल्लुस्थित उहाँको घरमा आगो लगाउँदा गम्भीर घाइते भएकी चित्रकारको उपचारका क्रममा कीर्तिपुरस्थित जलन अस्पतालमा निधन भएको हो ।

उक्त घटनाबाट गम्भीर घाइते हुनु भएकी चित्रकारलाई छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचारको लागी लगिएको थियो । त्यसपछी थप उपचारका लागि कीर्तिपुर लगिएको भएतापनि उहाँलाई बचाउन नसकिएको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस