आज: २०८२ माघ ५, सोमबार | Mon, 19, Jan, 2026

भाग्ने प्रयास गरेपछी सेनाको गोली लागी दुईको मृत्यु, सात घाईते

२०८२ भाद्र २५, बुधबार मा प्रकाशित ( ४ महिना अघि) ५४५७ पटक पढिएको
नारी बाटिका


धादिड॰- २५ भदौ ।

वुधबार विहानैदेखी तनावग्रस्त रहेको धादिङवेसीमा दुईको कैदीबन्दीको मृत्यु भएको छ भने सातजना घाईते भएका छन्  धादिङवेसी स्थित जिल्ला कारागारभित्र रहेका  कैदीबन्दीहरूले नारागारमा आगो लगाउनुको साथै आगजनी र तोडफोड गरी भाग्ने प्रयास गरेपछी वाभ्य भएर सेना परिचालन गरी गोली प्रहार गर्नु पर्ने अवस्था आएको हो ।

आज विहानै धादिङवेसी विचबजार चोक लगायतका स्थानहरुमा उछ्रिङकल गतिविधि भएको थियो । त्ससपछी जिल्ला कारागारको घटनाले दिनभर तनाव ग्रस्त बनेको उक्त घटनाले उग्ररुप लिएपछी दुई कैदीको मृत्यु भएको छ भने सात जना घाइते भएका हुन् । घाईते कैदीहरुको धादिङ अस्पतालमा उपचारपछी थप उपचारको लागी काठमाडौं पठाइएको छ ।

स्थिति नियन्त्रणमा लिन सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र दमकल परिचालन गरिएको थियो। थप अप्रिय स्थिति हुन नदिन जिल्ला प्रशासन कार्यालय धादिङले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीद्वारा जारी विज्ञप्ति अनुसार बुधबार दिउँसो १२ बजेदेखि अर्को आदेश नभएसम्म ५ जनाभन्दा बढी भेला हुन, जुलुस, धर्ना, अनशन, सभा र प्रदर्शनमा रोक लगाइएको छ

मृतक तथा घाईतेको विवरण

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस