
नारी बाटिका
धादिड॰- २५ भदौ ।
वुधबार विहानैदेखी तनावग्रस्त रहेको धादिङवेसीमा दुईको कैदीबन्दीको मृत्यु भएको छ भने सातजना घाईते भएका छन् धादिङवेसी स्थित जिल्ला कारागारभित्र रहेका कैदीबन्दीहरूले नारागारमा आगो लगाउनुको साथै आगजनी र तोडफोड गरी भाग्ने प्रयास गरेपछी वाभ्य भएर सेना परिचालन गरी गोली प्रहार गर्नु पर्ने अवस्था आएको हो ।
आज विहानै धादिङवेसी विचबजार चोक लगायतका स्थानहरुमा उछ्रिङकल गतिविधि भएको थियो । त्ससपछी जिल्ला कारागारको घटनाले दिनभर तनाव ग्रस्त बनेको उक्त घटनाले उग्ररुप लिएपछी दुई कैदीको मृत्यु भएको छ भने सात जना घाइते भएका हुन् । घाईते कैदीहरुको धादिङ अस्पतालमा उपचारपछी थप उपचारको लागी काठमाडौं पठाइएको छ ।
स्थिति नियन्त्रणमा लिन सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र दमकल परिचालन गरिएको थियो। थप अप्रिय स्थिति हुन नदिन जिल्ला प्रशासन कार्यालय धादिङले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीद्वारा जारी विज्ञप्ति अनुसार बुधबार दिउँसो १२ बजेदेखि अर्को आदेश नभएसम्म ५ जनाभन्दा बढी भेला हुन, जुलुस, धर्ना, अनशन, सभा र प्रदर्शनमा रोक लगाइएको छ
मृतक तथा घाईतेको विवरण









प्रतिक्रिया दिनुहोस