
नारी वाटिका संवाददाता
धादिङ -२६ भदौ ।
मंगलबार नख्खु कारागारबाट भागेका कैदीबन्दीमध्य तीन जनालाई नेपाली सेनाले धादिङको गल्छी बैरेनीबाट नियन्त्रणमा लिएको छ ।
सुर्खेत भएका ४८ वर्षीय लाल बहादुर नेपाली, ४१ वर्षीय अमर अहादुर दमाई र बारा सिमरा भएका २४ वर्षीय अनास राईलाई नेपाली सेनाले नियन्त्रणमा लिएको हो ।
धादिङको गजुरीस्थित भैरबनाथ गणका कर्णेल अशिम श्रेष्ठका अनुसार लुकिछिपी भाग्दै गरेको अवस्थामा उनीहरुलाई नेपाली सेनाको टोलिले पक्राउ गरेको हो ।
पक्राउ परेका तीनै जना जवरजस्ती करणीको मुद्दामा सजाय भोगिरहेका कैदीबन्दी हुन् । पक्राउ परेका उनीहरुलाई सेनाले प्रहरीको जिम्मा लगाइएको छ ।












प्रतिक्रिया दिनुहोस