आज: २०८२ भाद्र ३१, मंगलबार | Tue, 16, Sep, 2025

सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने जेन–जीको प्रस्तावमा बालेनको समर्थन

२०८२ भाद्र २६, बिहिबार मा प्रकाशित ( ५ दिन अघि) २०४७ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं -२६ भदौ ।

पुर्व प्रधानन्यायधिश सुशिला कार्कीलाई जेन–जी समुह लगायत बालेनले अन्तरिम सरकारको प्रधानमन्त्री बनाउन समर्थन गरेका छन् ।

मेयर बालेन शाहले सामाजिक सञ्जालमा लेखेर समर्थन गरेका हुन् । साथै उनले जेन–जी आन्दोलनको संरक्षणका लागि तत्काल अन्तरिम सरकार गठन र संसद विघटनको माग पनि गरेका छन्।

बालेनले लेखेका छन्, जेन–जीहरुले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र संसदको विघटन अविलम्ब गर्नु होला।
यसैगरी जेन–जी समुहहरूको भर्चुअल रुपमा बसेको बैठकले कार्कीलाई अघि सार्ने सहमति जुटाएको थियो।

भर्चुअल बैठकमा सरकार प्रमुखमा बालेनको नाम पनि आएको थियो। तर, बालेनलाई निर्वाचित सरकारको प्रमुख बनाउने भन्दै अन्तरिम सरकारका लागि कार्कीलाई अघि सार्नुपर्ने जेन–जीहरूको भनाइ छ।

बालेनले सामाजिक संन्जालमा यस्तो लेखेका छन्

प्रिय जेन–जी तथा सम्पूर्ण नेपालीहरूमा मेरो आग्रह,

अहिले देश एउटा इतिहासमै नभएको फरक परिस्थितिमा छ। तपाईँहरूले अहिले सुनौलो भविष्यतर्फ कदम चाल्दै हुनुहुन्छ। यो बेला कृपया नआत्तिनु होला, धैर्य राख्नु होला।अब देश अन्तरिम सरकारमा जाँदैछ, जसले देशमा नयाँ चुनाव गराउनेछ।यो अन्तरिम सरकारको काम भनेको चुनाव गराउने देशलाई नयाँ जनादेश दिने हो।

यो अन्तरिम र चुनावी सरकारको नेतृत्व गर्नका लागि तपाईँहरूबाट आएको प्रस्ताव पूर्व प्रधानन्यायाधीश श्रीमान् सुशीला कार्कीप्रति पूर्ण समर्थन छ । तपाईँहरूको सुझबुझ, विवेक र एकतालाई हृदयदेखि सम्मान गर्न चाहन्छु। तपाईँहरू कति परिपक्व हुनुहुँदो रहेछ भन्ने कुरा यसैले जनाउँछ।

अहिले नै हतारमा नेतृत्वमा आउन चाहनु भएका साथीहरूलाई के भन्न चाहन्छु भने—तपाईँहरूको जोश, तपाईँहरूको सोच, तपाईँहरूको इमानदारीता देशलाई स्थायी रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन। त्यसका लागि चुनाव त हुन्छ नै । कृपया हतार नगर्नु होला।

सम्माननिय रास्ट्रपति ज्यु ,​
Gen z हरुले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र संसदको विघटन अविलम्ब गर्नु होला।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस