
नारी बाटिका
नारी वाटिका संवाददाता
काठमाडौं -२६ भदौ ।
सप्तरीको राजविराज स्थित जिल्ला कारागारबाट भाग्ने प्रयास गरिरहेका १९२ जना कैदीहरूलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ ।
कञ्चनपुरको चाँदनीमा भारतीय सीमा सुरक्षा बलले भारततर्फ जाँदै गरेका ७ जना कैदीहरूलाई नियन्त्रणमा लिई नेपाली सेनालाई बुझाएको छ । साथै १ जना कैदीलाई स्थानीयले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालयलाई बुझाएको र १२ जना कैदीहरू आफैँ कारागारमा उपस्थिति भई हाजिर भएका छन् ।
आज विहान रामेछाप स्थित जिल्ला कारागारमा कैदीहरू भाग्न खोजेपछी भए झडपलाई नियन्त्रणमा लिनको लागि नेपाली सेनाले चलाएको गोली लग्दा १२ जना कैदी घाइते हुनुका साथै २ जनाको मृत्यु भएको छ ।
त्यसै गरी काभ्रेपलान्चोक जिल्लाको बनेपा-९ स्थित नयाँ बस्तीमा फेला परेको शङ्कास्पद बस्तु नेपाली सेनाले सुरक्षित साथ डिस्पोज गरेको जनाएको छ ।
नेपाली सेनाले दिएको जानकारी अनुसार हालसम्म ९४ नाल विभिन्न हतियारहरू बरामद भएको जनाएको छ ।








प्रतिक्रिया दिनुहोस