
नारी बाटिका
बिबियु, नारी वाटिका संवाददाता
काठमाडौं ३० भदौ ।
गएरातिदेखी देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। साथै आजको दिनभर पनि झरी पर्ने सम्भावना छ ।
हाल मनसुनको न्यून चापीय रेखा र अरब सागर तथा बङ्गालको खाडीको जलवापष्युक्त हावासमेतको प्रभावले देशको राजधानी लगायत बागमती प्रदेश र अरु सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आईतबार रातिदेखी परेको पानी १२ घण्टामा गण्डकी र लुम्बिनीका केहि स्थानमा धेरै भारी वर्षा समेत भएको बताइएको छ । महाशाखाका मौसमविद गोविन्द झाका अनुसार आज दिनभर मौसममा सुधार नआउने बताउनु भयो।
यस्तै आज पहाडी भागका केही तथा तराई भागका केही स्थानमा मध्यम वर्षा हुनेछ भने गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा कोशी र बागमती प्रदेशको एक–दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकोले बाढी पहिरोको खोजिम पनि उत्तिकै छ। आज राति पनि गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा कोशी र बागमती प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
साथै गण्डकी र लुम्बिनी प्रदेशको पनि एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकोले सचेत रहन महाशाखाले अनुरोध गरेको छ। भोलिदेखि भने मौसममा सुधार आउने बताइएको छ।








प्रतिक्रिया दिनुहोस