आज: २०८२ भाद्र ३०, सोमबार | Mon, 15, Sep, 2025

आज दिनभर झरी पर्ने,देशका अधिकांश स्थानमा वर्षा भैईरहेको अवस्था

२०८२ भाद्र ३०, सोमबार मा प्रकाशित ( १ घण्टा अघि) ५५९ पटक पढिएको
नारी बाटिका


बिबियु, नारी वाटिका संवाददाता

काठमाडौं ३० भदौ ।

गएरातिदेखी देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। साथै आजको दिनभर पनि झरी पर्ने सम्भावना छ ।

हाल मनसुनको न्यून चापीय रेखा र अरब सागर तथा बङ्गालको खाडीको जलवापष्युक्त हावासमेतको प्रभावले देशको राजधानी लगायत बागमती प्रदेश र अरु सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आईतबार रातिदेखी परेको पानी १२ घण्टामा गण्डकी र लुम्बिनीका केहि स्थानमा धेरै भारी वर्षा समेत भएको बताइएको छ । महाशाखाका मौसमविद गोविन्द झाका अनुसार आज दिनभर मौसममा सुधार नआउने बताउनु भयो।

यस्तै आज पहाडी भागका केही तथा तराई भागका केही स्थानमा मध्यम वर्षा हुनेछ भने गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा कोशी र बागमती प्रदेशको एक–दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकोले बाढी पहिरोको खोजिम पनि उत्तिकै छ। आज राति पनि गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा कोशी र बागमती प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

साथै गण्डकी र लुम्बिनी प्रदेशको पनि एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकोले सचेत रहन महाशाखाले अनुरोध गरेको छ। भोलिदेखि भने मौसममा सुधार आउने बताइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस