
हेटौँडा -३१ भदौ ।
मकवानपुर र बाराको सिमानामा पर्ने महेन्द्र राजमार्ग अन्तर्गत चुरियामाईमा नेपाली सेना चढेको ट्रक दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।
उक्त दुर्घछनाका परी घाईते भएकामध्य ३ जनाको अवस्था गम्भीर रहेको छ।
आज दिउँसो नम्बर २ राजदल गण तनहुँबाट धनुषातर्फ उपसेनानी हर्षबिक्रम अधिकारीको कमाण्डमा जाँदै गरेको ४ वटा नेपाली सेनाको ट्रकमध्ये लु १ ग २८० नम्बरको ट्रक बारा र मकवानपुरको सिमाना नजिक रहेको कल्भटमा पल्टिएर दुर्घटनामा परेको हो ।
मकवानपुर जिल्ला जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले घाइतेहरूको उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल मकवानपुर पठाइएको बताउनु भयो ।
दुर्घटना भएको उक्त ट्रकमा २२ जना सैनिकहरु सवार रहेको प्रहरी नायव अर्यालले जानकारी बताउनु भयो ।












प्रतिक्रिया दिनुहोस