आज: २०८३ बैशाख १५, मंगलबार | Tue, 28, Apr, 2026

आज सवारी साधन,तथा कलकारखानामा विश्वकर्माको पूजा गरी मनाइँदै

२०८२ आश्विन १, बुधबार मा प्रकाशित ( ७ महिना अघि) ४८०६ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता
धादिङ -१ असोज।

आज असोज १ गतेका दिन सवारी साधन,तथा कलकारखानामा विश्वकर्माको पूजा गरी मनाइँदै छ। प्रत्येक वर्ष असोज १ गतेको दिनलाई विश्वकर्मा पुजा गर्ने दिनका रुपमा मानिन्छ । यस पर्वमा सवारीसाधनहरु,औजार, मेसिनरी, उद्योग–धन्दा, भवन निर्माणका उपकरणहरु आदिको पूजा गर्ने परम्परा छ।

हिन्दु धर्मशास्त्रमा विश्वकर्मालाई देव शिल्पी तथा पहिलो इन्जिनियरका रूपमा मानिएको छ। सत्ययुगमा स्वर्गलोक, त्रेतायुगमा लंका, द्वापरयुगमा द्वारका र कलियुगमा जगन्नाथ मन्दिर निर्माण गरेको विश्वास गरिन्छ।

आजको दिन मजदुर, शिल्पकार, व्यापारी, इन्जिनियर, कलाकारदेखि सबै वर्गले श्रद्धा एवं भक्ति भावका साथ पूजा गर्ने गर्छन्। यस्तै भद्रकाली, दक्षिणकाली लगायत शक्तिपीठमा नयाँ सवारीसाधन पूजा गर्नेको भीड लाग्ने गर्दछ।

विश्वकर्मा पूजाले उद्योग–व्यवसायमा प्रगति हुने, सवारीसाधनमा दुर्घटना कम हुने र परिवारमा समृद्धि तथा शान्ति स्थापना हुने विश्वास गरिन्छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस