आज: २०८२ आश्विन ३, शुक्रबार | Fri, 19, Sep, 2025

संविधान दिवसमा डा.कोइरालाको सन्देश, रक्षा र सुधार गर्न हाम्रो साझा दायित्व

२०८२ आश्विन ३, शुक्रबार मा प्रकाशित ( १ घण्टा अघि) ४६६ पटक पढिएको
नारी बाटिका


काठमाडौं -३ असोज ।

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले संविधान दिवसको अवसरमा शुभकामना दिँदै संविधानको रक्षा र समयानुकूल सुधार गर्दै लैजानु पर्नेमा जोड दिनु भएको छ ।

नेता कोईरालाले वर्तमान संविधानलाई सबैको प्रतिनिधित्व भएको ऐतिहासिक उपलब्धि बताउँदै पुराना पुस्ताको अनुभव र नयाँ पुस्ताको सोचसहित मुलुकलाई अघि बढाउनु पर्नेमा औंल्याउनु भयो।

कोइरालाले संविधान कार्यान्वयनमा चुनौती आए शान्तिपूर्ण तरिकाले मिलेर समाधान खोज्नुपर्ने धारणा व्यक्त गर्नु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस