आज: २०८२ आश्विन ४, शनिबार | Sat, 20, Sep, 2025

ओली, लेखक र रिजाललाई तत्काल पक्राउ गर्न जेनजीको माग

२०८२ आश्विन ४, शनिबार मा प्रकाशित ( १ घण्टा अघि) ७४५ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
काठमाडौँ -४ असोज ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गरी कारवाही गर्न जेनजी पुस्ताले माग गरेका छन् ।

शुक्रबार संवाद डबलीमा जेनजी समुहले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रमका क्रममा आन्दोलन दबाउन राज्यको शक्ती दुरुपयोग गरेको भन्दै ओली र लेखकसँगै काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई पनि पक्राउ गर्न माग गरेका हुन् ।

जेनजीका सल्लाहकार डा. निकोलश भूसालले राष्ट्रियसभा विघटन गर्ने संविधान समेत संशोधन गरेर पत्यक्ष कार्यकारी प्रधानमन्त्रीको चुनाव गर्नुपर्ने बताएका छन् । डा.भूसालले २०४६ सालपछिका सम्पूर्ण उच्च तहका नेता कर्मचारीको सम्पत्तिको छानविन गर्न उच्चस्तरिय आयोग बनाउनु पर्ने माग राखेका छन् ।

जेनजी समुहले आफूहरुले समाजमा व्यप्त कुशासनविरुद्ध आन्दोलन गरेको बताए । उनले आफ्ना माग पूरा नभए आन्दोलन जारी रहेन समेत बताएका छन् । त्यस्तै, जेनजी सहिद परिवार नर्गिस थापाले आफ्ना परिवारको बगेको रगतको अपमान नहुनेगरी सरकार अगाडि बढ्नुपर्ने बताए ।

कार्यक्रममा जेनजी सल्लाहकार कुशलव केसी, खेमराज साउद, खोजराज कटुवाल, निपेस ढाका अधिकारी, डा.सुन्दर थापा, वैज्ञानिक कपिल पौडेललगायत बक्ताहरुले शासकीय स्वरुप प्रत्यक्ष निर्वाचित कार्यकारी भएमात्र देश विकासको बाटोमा हिँड्ने बताएका थिए । उनिहरुले शिक्षा स्वास्थ्य निःशुल्क हुनुको साथै देशमै रोजगारीको सिर्जना गर्नु पर्ने धारणा राखे ।

यसैगरी अभियन्ता कुशलव केसीले सहकारी पीडितको पक्षमा आफू लामो समयदेखि सडकमै रहेको बताउँदै अबको सरकारले ती मागहरुको सम्बोधन गर्न सरकारलाई सुझाव दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस