आज: २०८२ आश्विन ४, शनिबार | Sat, 20, Sep, 2025

मुग्लिन-नारायणगढ सडक १२ घण्टादेखी अवरुद्ध

२०८२ आश्विन ४, शनिबार मा प्रकाशित ( १ घण्टा अघि) ४९७ पटक पढिएको
नारी बाटिका


काठमाडौँ -४ असोज ।

रातभर अवरुद्ध भएको मुग्लिन(नारायणगढ सडक खुलाउने प्रयास भैइरहेको छ । तुइन खोला नजिकै पहिरो खसेपछि ​मुग्लिन(नारायणघाट सडक १२ घण्टादेखी अवरुद्ध बनेको हो ।

बुधबार बिहान तुइन खोला छेउमै पसहरो खसेको थियो भने सो पहिरो मन्छाएपनि सुक्रबार साँझ ७ बजेतिर फेरी सोही स्थानमा पहिरो खसेपछि उक्त सडक खण्ड दुईतर्फी अवरुद्ध बनेको हो ।

मेशिन र प्राविधिकको टोली परिचालन भइसकेकाले पहिरो हटाउन समय धेरै नलाग्ने सडक डिभिजन कार्यालय भरतपुरले जनाएता पनि रातभर काम हुन नसकेकोले अहिले उज्यालो भएपछी तिब्र रुपमा काम गरिने बताइएको छ ।

तुइन खोला आसपासमा दैनिक जसो पहिरो खस्दा उक्त सडक खण्ड पटक(पटक अवरुद्ध हुँदै आएको छ भने दैनिक रुमपा सोही सडक हुदै गुड्ने सवारी साधनहरुलाई जोखिम पनि बढेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस