आज: २०८२ आश्विन ६, सोमबार | Mon, 22, Sep, 2025

हेटौँडामा तीनवटा सवारीसाधन आपसमा ठोक्किएर ३१ जना घाइते

२०८२ आश्विन ६, सोमबार मा प्रकाशित ( १ घण्टा अघि) ५५९ पटक पढिएको
नारी बाटिका


नारी बाटिका संवाददाता
बागमती -६ असोज ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुर नजिकै भएको तीन वटा सवारी साधन आपसमा ठोक्किएर ३१ जना यात्रु घाइते भएका छन्।

आज दिउँसो चितवनबाट वीरगञ्जतर्फ जाँदै गरेको ना.६ख २११९ नम्बरको यात्रुवाहक बसको टायर पड्किएर अनियन्त्रित भई हेटौँडाबाट चितवनतर्फ आउदैगरेको ना६ख ८१८० नम्बरको मालबाहक ट्रकसँग ठोक्किएको र सो ट्रक अनियन्त्रित भई काठमाडौँबाट बारातर्फ आउँदै गरेको ना७ख १७७४ नम्बरको तेल बोक्ने खाली ट्याङ्करलाई ठक्कर दिई दुर्घटना भएको हो ।

बस र ट्रकमा सवार गरी ३१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। घाइतेहरुको उद्धार गरी उपचारको लागि हेटौँडास्थित हेटौँडा अस्पताल र सिएमसी चुरेहिल अस्पताल हेटौँडामा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस