आज: २०८३ आश्विन ११, आईतबार | Sun, 27, Sep, 2026

घटस्थापनाको दोस्रो दिन आज ब्रह्मचारिणीको पुजा आरधाना गरिँदै

२०८२ आश्विन ७, मंगलबार मा प्रकाशित ( १ साल अघि) ७०३८ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ -७ असोज ।
आज बडादशैंकोे दोस्रो दिन, ब्रह्मचारिणीको पुजा आरधाना गर्ने गरिन्छ ।

दशैँघर, देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रह्मचारिणीको मन्त्रोच्चारणसहित विधिपुर्वक पूजा अर्चना गरिंदै छ। घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा रहेको छ ।

नवरात्रको पहिलो दिन हिजो दशैँघर वा नेपालीको घर घरमा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखिएको थियो । सोही दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको विधिपूर्वक पूजा आराधना गरिएको थियो भने आज दोस्रो दिन पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिदैं छ ।

यसैगरी तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्री भवानीको पूजा आरधना गर्ने गरिन्छ ।

ब्रह्मचारिणी देवीलाई ब्रम्ह विद्याशक्तिकी माताको रुपमा पूजाअर्चना गरिन्छ। ब्रहमचारिणी देवीको आराधनाले व्यक्तिलाई ब्रम्ह अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचर्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरुमा उल्लेख छ।

सांसारिक मायामोहको जञ्जालबाट मुक्त गराई व्यक्तिलाई ज्ञानमा जागरित गराउने मानवचोला सार्थक बनाउन साधकलाई ब्रह्मचारिणी देवीको अनुकम्पा आवश्यक हुने बताइएको छ। ब्रह्मचारिणी देवीलाई भक्तिको प्रतीक मानिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस


↑