आज: २०८२ आश्विन ७, मंगलबार | Tue, 23, Sep, 2025

दुई महिनापछि खुल्यो अरनिको राजमार्ग,तातोपानी नाका संन्चालनमा आयो

२०८२ आश्विन ७, मंगलबार मा प्रकाशित ( ३ घण्टा अघि) ९९३ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ -७ असोज ।
निरन्तर पहिरो झरेपछी दुई महिनादेखी अवरुद्ध चीन जोड्ने तातोपानी नाकासम्मको अरनिको राजमार्ग सञ्चालनमा आएको छ ।

भोटेकोशी गाउँपालिका–२ स्थित कोदारी बजारनजिकै पर्ने इकुसहित चार ठाउँमा खसेको ठुलो पहिरो पन्छाएपछी उक्त राजमार्ग सुचारू भएको हो । साथै दशैँ-तिहारका लागि चीनबाट आउने सामानहरु पनि काठमाडौँ आउने बाटो खोलेको हो। यस्तै रसुवागढी नाकास्थित ल्हेन्दे खोलाले बगाएको पुलमा अझै पनि बेलिब्रिज राख्न नसक्दा सो क्षेत्रमा भने अझै अवरुद्ध छ ।

यस्तै मुस्ताङको कोरला नाका पनि खोलिएको अवस्थामा तातोपानीबाट सामान बोकेका कन्टेनर काठमाडौँतर्फ आउन थालेका छन् । सोमबार ५ बजेबाट एकतर्फी रुपमा राजमार्ग सञ्चालनमा आएपछि सवारीसाधन तातोपानी नाकाबाट नेपाल भित्रिन थालेका छन् ।

गत साउन ७ गतेदेखी सडक माथिबाट ठूलो पहिरो खसेर अरनिको राजमार्ग सञ्चालन हुन सकेको थिएन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस