
नारी बाटिका
बिबियु,नारी वाटिका संवाददाता
धादिङ -७ असोज ।
निरन्तर पहिरो झरेपछी दुई महिनादेखी अवरुद्ध चीन जोड्ने तातोपानी नाकासम्मको अरनिको राजमार्ग सञ्चालनमा आएको छ ।
भोटेकोशी गाउँपालिका–२ स्थित कोदारी बजारनजिकै पर्ने इकुसहित चार ठाउँमा खसेको ठुलो पहिरो पन्छाएपछी उक्त राजमार्ग सुचारू भएको हो । साथै दशैँ-तिहारका लागि चीनबाट आउने सामानहरु पनि काठमाडौँ आउने बाटो खोलेको हो। यस्तै रसुवागढी नाकास्थित ल्हेन्दे खोलाले बगाएको पुलमा अझै पनि बेलिब्रिज राख्न नसक्दा सो क्षेत्रमा भने अझै अवरुद्ध छ ।
यस्तै मुस्ताङको कोरला नाका पनि खोलिएको अवस्थामा तातोपानीबाट सामान बोकेका कन्टेनर काठमाडौँतर्फ आउन थालेका छन् । सोमबार ५ बजेबाट एकतर्फी रुपमा राजमार्ग सञ्चालनमा आएपछि सवारीसाधन तातोपानी नाकाबाट नेपाल भित्रिन थालेका छन् ।
गत साउन ७ गतेदेखी सडक माथिबाट ठूलो पहिरो खसेर अरनिको राजमार्ग सञ्चालन हुन सकेको थिएन ।








प्रतिक्रिया दिनुहोस