आज: २०८२ मंसिर ४, बिहिबार | Thu, 20, Nov, 2025

बडादशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

२०८२ आश्विन ८, बुधबार मा प्रकाशित ( १ महिना अघि) २२३३ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ -८ असोज ।

आज बडादशैं अन्तरगतको नवरात्रको तेस्रो दिन दशैं घर तथा नेपालीको घर घरमा चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ।

नवदुर्गा मध्येकी तेस्रो दिन पुजाअर्चना गरिने देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै उनलाई चन्द्रघण्टा भनिएको हो । विभिन्न पौराणिक तथा धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिए अनुसार यस्ती देवीको पूजा आराधना गर्नाले शक्ति प्राप्त हुने भएकाले दशैंको नवरात्रमा उहाँो विशेष पूजा आराधना गर्ने गरिएको हो ।

मार्कण्डेय पुराणमा ‘चन्द्रः घण्टायां यस्याः सा’ अर्थात् चन्द्रमा जसको घण्टामा रहेको छ उनको नाम चन्द्रघण्टा हो । चन्द्रघण्टा देवीले शिरमा अर्धचन्द्रका साथै घण्ट पनि धारणा गर्ने भएकाले चन्द्रघण्टा देवी भनिएको हो।

चन्द्रघण्टा देवीको स्वरुप पहेँलो वर्णको हुन्छ। उनले अत्याचारी दानवी स्वरुपका राक्षसलाई नाश गर्नुहुन्छ। चन्द्रघण्टा देवीको पूजा आराधनाका दिन मणिपुर चक्रलाई ध्यान गरिन्छ। चन्द्रघण्टा देवीको स्वरुपको ध्यान गर्दा अनेकौँ शक्ति प्राप्त हुने विश्वास पनि रहेको छ । ​

यस्ती शक्तीस्वरुपा चन्द्रघण्टा भगवतीबाट कृपा भए मानिसले अनजानमा गरेका सबै पाप नाश हुने धार्मिक पुराण एवं ग्रन्थमा व्याख्या गरिएको पाईन्छ । चन्द्रघण्टा देवीको स्वरुप सामान्य, शान्त, एवं करुणामयी छ। गीत सङ्गीत क्षेत्रमा लागेकाले चन्द्रघण्टा देवीको विशेष आराधना गर्दछन्। आजका दिन चन्द्रघण्टा देवीको विशेष पूजा आराधनासहित ध्यान गर्नाले ललाटमा चमक प्राप्त हुने समेत धर्म शाश्रमा बताइएको छ । ​

नवरात्रको पहिलो दिन सोमबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो। घटस्थापनाको अर्थ देवीको ध्यान साधनामा स्थापित गर्नु हो भन्ने श्रीमद्देवीभागवत लगायत पुराण एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ।

वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पुजा आराधना गरी नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद र घडामा राखिएको जल विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ। यसरी १५ दिनसम्म नेपालीले बडा दसैँ पर्व मनाउने गर्दछन्।

दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस