आज: २०८२ मंसिर ४, बिहिबार | Thu, 20, Nov, 2025

तुइन खोलामा निरन्तरको पहिरोले दशैंमा घर जाने हजारौं यात्रुको बिचल्ली

२०८२ आश्विन ८, बुधबार मा प्रकाशित ( १ महिना अघि) ३७५२ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ -८ असोज ।
विगत केही दिनदेखी तुइन खोलाको निरनतर पहिरोले दशैंमा घर जाने हजारौं यात्रुको बिलल्ली बनाएको छ ।

मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला नजिकै गएको ठुलो परिणामको पहिरोले पृथ्वीराजमार्ग अन्तरगत गुड्ने हजारौ सवारीसाधनलाई ठुलो धक्का पुगेको छ । यसका साथै पछिल्लो दिनमा उक्त सडकमा झरेको निरनतरको पहिरोले पोखरा–काठमाडौँ जाने सवारी साधनहरुलाई पनि प्रभाव पारेको हो ।

सोही पहिरोका कारण मुग्लिनखण्डमा सवारीसाधनको अत्याधिक चाप बढ्न थालेसँगै त्यसको प्रभाव पोखरा–काठमाडौँ आवतजावत चल्ने सवारीसाधनमा परेको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी लिमिटेडका अध्यक्ष ऐनकुमार साईले बताएका छन् ।

तुइन खोलामा लगातार पहिरो जान थालेपछि मुग्लिन–नारायणगढ सडकखण्ड बन्द गरी पहिरो पन्छाउने काम भइरहेको छ।उनले भने, “मुग्लिन–नारायणगढ खण्डमा सडक यातायात प्रभावित भएसँगै नेपालका पश्चिमी क्षेत्रमा जाने सवारीसाधन पोखरा हुँदै जान थालेका कारण पनि सवारीसाधनको चाप अत्याधिक मात्रामा बढेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस