आज: २०८२ मंसिर ४, बिहिबार | Thu, 20, Nov, 2025

दशैंको चौथो दिन कुष्माण्डा माताको विधिपुर्वक पूजा आराधना गरिँदै

२०८२ आश्विन ९, बिहिबार मा प्रकाशित ( १ महिना अघि) ३३१८ पटक पढिएको
नारी बाटिका


बिवियु नारी वाटिका संवाददाता

धादिङ- ९ असोज ।

असोज ६ गतेदेखी नेपालीहरुको सबैभन्दा ठुलो पर्व बडा दशैं सुरु भएसंगै शक्तिपीठ, देवीमन्दिर तथा नेपाली घरघरमा नवदुर्गाा भवानीको विधिपुर्वक पुजाआरधना गरिँदै आएको छ ।

यिनै नवदुर्गाा स्वरुपा मध्यकी चौथो दिन आज कुष्माण्डा माताको पूजा आराधना गरिंदै छ। कुष्माण्डा देवीलाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ। आफनो उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माडा देवीको आविर्भाव भएको हिन्दुधर्म ग्रन्थहरुमा उल्लेख गरिएको छ।

उष्णता तथा शीतलातालाई सम तुल्याई सिर्जना गर्ने शक्ति कुष्माण्डा देवीमा रहेको उल्लेख गरिएको छ। यीनै देवीको उष्ण रक्तसमूह मानव, चराचरुङ्गी तथा शीतरक्त समूह माछा, सर्पलगायतका प्राणीको सिर्जना गर्न सक्ने शक्ति भएकी माता भनेर शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ। देवीको वदनवर्ण वैजनी छ । साथै उनी सिंहमा चढेकी छन्। कुष्माण्डा माताले हातमा रक्तपूर्ण दुई वटा घडा लिएकी छन्।

मानव तथा सजिव वस्तुको सिर्जनाकी शक्ति भएकी देवी कुष्माण्डाले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्य भगवानलाई आफ्नो तापशक्ति दिएर प्रज्ज्वलित बनाएको र अन्य ग्रहको समेत रचना गरी पूरै सौरमण्डल सञ्चालन गरेको देवीभागवत् ग्रन्थमा उल्लेख छ। कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो।

उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैंमा यसको पूजाआजा गर्ने चलन छ। यसका साथै कतिपय समुदायमा पशु बली नदिनेहरुले कुभिण्डो कै बलि दिएर कालरात्रिको पुजा गर्ने गर्दछन् । यस्तै शक्तिपीठ तथा देवी मन्दिरहरुमा पनि कुभिण्डाको विधिपूर्वक पूजा गरी बलि समेत चढाउने गरिन्छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस