आज: २०८२ मंसिर ४, बिहिबार | Thu, 20, Nov, 2025

सरकारद्वारा पूर्वविशिष्ट नेताको स्वकीय सुविधा खारेज

२०८२ आश्विन ९, बिहिबार मा प्रकाशित ( १ महिना अघि) ४६५१ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं- ९ असोज ।

सरकारले पूर्वविशिष्ट व्यक्तिहरूलाई दिइँदै आएको स्वकीय सुविधा खारेज गरेको छ । तर, यो निर्णयमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई भने लागु गरिएको छैन ।

मन्त्रिपरिषद्को बैठकले पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री, पूर्वसभामुखसहितका विशिष्ट श्रेणीका नेताहरूलाई विगतमा व्यवस्था गरिएका घर–गाडी, सुरक्षा र अन्य विशेष सुविधा कटौती गर्ने निर्णय गरेको हो ।

सरकारले यो कदम आर्थिक भार कम गर्ने र राज्यका स्रोत साधनको दुरुपयोग रोक्ने उद्देश्यले चालेको बताएता पनि यद्यपि यो निर्णयले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले गरेका यस्ता निर्णयहरु विवादास्पद हुने बुद्धीजिविहरुको भनाई छ ।

वर्तमान सरकारले लिएको यस निर्णयले व्यापक बहस सुरु गरेको छ । गणतन्त्र स्थापना भइसके पनि पूर्वराजा ज्ञानेन्द्रलाई अपवाद स्वरूप यस श्रेणीबाट अलग राखिएको छ । सुविधा कटौतीको निर्णयलाई कतिपयले सकारात्मक भन्दै स्वागत गरेका छन् भने सुविधा खाईपाई आएका तथा कतिपयले यसलाई राजनीतिक पूर्वाग्रहले प्रेरित भन्दै आलोचना गरेका छन् ।

राजनीतिक स्थायित्व अझै टाढा देखिएको बेला सरकारले चालेका यस्ता विवादास्पद कदमले मुलुक कता जाँदैछ भन्ने प्रश्न झन् घनिभूत हुन सक्ने विश्लेषकहरुको आँकलन छ । विशेषज्ञहरूका अनुसार, नीतिगत स्पष्टता र समान व्यवहार नगर्दा समाजमा नयाँ प्रकारको विभाजन र असन्तोष निम्त्याउने खतरा रहने बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस