आज: २०८२ मंसिर ४, बिहिबार | Thu, 20, Nov, 2025

चाडपर्व लक्षित बजार अनुगमनमा नियम विपरित संन्चालित व्यवशायीलाई १५ हजारसम्म जरिवाना

२०८२ आश्विन १०, शुक्रबार मा प्रकाशित ( १ महिना अघि) ४१२४ पटक पढिएको
नारी बाटिका


बिवियु,नारी वाटिका संवाददाता

धादिङ -१० असोज ।

जिल्ला बजार अनुगमन समिती धादिङले नजिकिँदै गरेको चाडपर्व लाई लक्षित गरि बजार अनुगमनलाइ तिब्र पारेको छ । चाडपर्वको समयमा उपभोक्ता हरु ठगिन सक्ने भन्दै अनुगमन समितिले बिहिबार जिल्लाको निलकण्ठ नगरपालिकाको वडा नं ३ र ८ मा संचालित विभिन्न खाद्यन्न तथा तरकारी पसल र होटलहरुको अनुगमन गरेको हो ।

अनुगमनको क्रममा समितिले निलकण्ठ नगरपालिका वडा नं ८ को गुप्ता सप्लायर्स र वडा नं ३ को पोखरेल किराना पसल लाई क्रमशः रु ,५ हजार जरिवाना गरेको छ । त्यस्तै, तुलसी सप्लायर्स र एवान मिठाइ एण्ड खाजा घर लाई क्रमशः १५ हजार जरिवाना गरेको छ ।

उपभोक्तलाई झुक्याइ म्याद गुज्रिएको सामाग्री बिक्री गरेको, रङ्ग प्रयोग भएको अखाद्य बस्तु बिक्रि गरेको, पसल सरसफाइ नभएको, सामाम किन्दा र बिक्रि गर्दा खरिद तथा बिक्रि बिल प्रयोग नगरेका व्यवशायीहरुलाई जरिवाना गरिएको थियो ।

त्यस्तै आवश्यक मापदण्ड पूरा नगरी संचालनमा रहेका उक्त पसलहरुलाई जरिवाना गरिएको जिल्ला बजार अनुगमन समिति धादिङका संयोजक एवं उद्योग तथा वाणिज्य कार्यालय धादिङका प्रमुख चुडामणी पुरिले जानकारी दिनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस