
नारी बाटिका

बिवियु,नारी वाटिका संवाददाता
धादिङ -१० असोज ।
जिल्ला बजार अनुगमन समिती धादिङले नजिकिँदै गरेको चाडपर्व लाई लक्षित गरि बजार अनुगमनलाइ तिब्र पारेको छ । चाडपर्वको समयमा उपभोक्ता हरु ठगिन सक्ने भन्दै अनुगमन समितिले बिहिबार जिल्लाको निलकण्ठ नगरपालिकाको वडा नं ३ र ८ मा संचालित विभिन्न खाद्यन्न तथा तरकारी पसल र होटलहरुको अनुगमन गरेको हो ।
अनुगमनको क्रममा समितिले निलकण्ठ नगरपालिका वडा नं ८ को गुप्ता सप्लायर्स र वडा नं ३ को पोखरेल किराना पसल लाई क्रमशः रु ,५ हजार जरिवाना गरेको छ । त्यस्तै, तुलसी सप्लायर्स र एवान मिठाइ एण्ड खाजा घर लाई क्रमशः १५ हजार जरिवाना गरेको छ ।
उपभोक्तलाई झुक्याइ म्याद गुज्रिएको सामाग्री बिक्री गरेको, रङ्ग प्रयोग भएको अखाद्य बस्तु बिक्रि गरेको, पसल सरसफाइ नभएको, सामाम किन्दा र बिक्रि गर्दा खरिद तथा बिक्रि बिल प्रयोग नगरेका व्यवशायीहरुलाई जरिवाना गरिएको थियो ।
त्यस्तै आवश्यक मापदण्ड पूरा नगरी संचालनमा रहेका उक्त पसलहरुलाई जरिवाना गरिएको जिल्ला बजार अनुगमन समिति धादिङका संयोजक एवं उद्योग तथा वाणिज्य कार्यालय धादिङका प्रमुख चुडामणी पुरिले जानकारी दिनु भयो ।








प्रतिक्रिया दिनुहोस