
नारी बाटिका
बिवियु,नारी वाटिका संवाददाता
धादिङ- १२ असोज ।
नवरात्रको छैटौं दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदैछ।
घटस्थापना सुरु भएसंगै वदादशैंको नौ दिन सम्म नव दुर्गादेवीको विशेष पुजा आरधना गर्ने गरिन्छ । सोही नवरात्रको छैटौं दिन कात्यायनी देवीको पूजा गर्ने वैदिक सनातनी परम्परा छ । कात्यायनी देवीलाई हिन्दू धर्मग्रन्थमा साहसको प्रतीक मानिन्छ । यज्ञ–यज्ञादि, दानलगायत पुण्यकर्म तथा शुभकार्यमा आसुर वृत्तिका राक्षसहरूबाट हुने बिघ्नबाधा रोक्न कात्यायनी देवीको यस लोकमा आगमन भएको विश्वास छ ।
साथै कात्यायनीको उपासनाबाट रोग, शोक, सन्ताप, भय नष्ट हुने धार्मिक विश्वास छ । पौराणिक ग्रन्थहरुमा उल्लेख गरिए अनुसार कात्यायन ऋषिको कठोर तपस्याबाट प्रसन्न भएकी भगवतीले उनलाई पुत्रीको रूपमा जन्म लिने वचन दिएकी थिइन् ।
महिषासुर नामक दैत्यको विनाशका लागि ब्रह्मा, विष्णु र महेश्वरको अंशबाट देवी उत्पन्न भइन् । यिनै कात्यायन ऋषिद्वारा पुजित भएकीले यिनको नाम कात्यायनी देवीको नामबाट पुजा आरधना गर्ने थालनी भएको हो ।
सिंहवाहिनी कात्यायनीले महिषासुरको वध गरेको दुर्गा सप्तशतीमा आउँछ। चार हातमध्ये दुई हातमा तरवार, कमल पुष्प लिएकी र दुई हातले अभय र वरद मुद्राको रुप देखाएकी छिन् । कात्यायनी देवीको ध्यान,जप र आराधना गर्नाले सम्पूर्ण संकट नाश हुने धार्मिक रुपमाविश्वास गरिन्छ ।








प्रतिक्रिया दिनुहोस