आज: २०८२ मंसिर ७, आईतबार | Sun, 23, Nov, 2025

प्रहरीका चार डिआइजीलाई एआईजीमा बढुवाको सिफारिस

२०८२ आश्विन १३, सोमबार मा प्रकाशित ( १ महिना अघि) २५४३ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौँ १३ असोज ।

गृह मन्त्रालयले नेपाल प्रहरीका चार प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवाको लागी सिफारिस हुनु भएको छ ।
मन्त्रालय अन्तरगतको बढुवा समिति, सचिवालयको आइतबार बसेको बैठकले जनपद प्रहरी समूहतर्फका डिआइजी सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई एआइजीमा बढुवाको लागी सिफारिस गरिएको हो ।

समितिले प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७ को उपनियम (४) अनुसार चार डिआइजीलाई एआइजीमा बढुवा गरिएको बढुवा समितिका सदस्यसचिव एवम् प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले जानकारी दिनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस