आज: २०८२ कार्तिक ८, शनिबार | Sat, 25, Oct, 2025

नवरात्रको आठौँ दिन महागौरी देवीको पूजा आराधना गरिँदै

२०८२ आश्विन १४, मंगलबार मा प्रकाशित ( ३ हफ्ता अघि) २९१५ पटक पढिएको
नारी बाटिका


बिवियु, नारी वाटिका संवाददाता

धादिङ -१४ असोज ।
बडादशैं एवम् नवरात्रको आठौँ दिन आज दशैं घर तथा नेपालीको घर घरका पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

प्रत्येक वर्षको आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा नवरात्रको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी प्रचलन छ । नव दुर्गाामध्यकी महागौरी देवीको रङ पहिला, केही कालो भएकाले भगवान् शिवले एक दिन ख्यालठट्टामा देवीलाई ‘ए काली’ भन्ने शब्द प्रयोग गर्नु भएछ ।

त्यो शब्द भगवतीलाई मन नपरेपछी उहाँले कठोर तपस्या गरी गोरो वर्ण प्राप्त भएकाले महागौरी नाम रहन गएको विभिन्न पुराणमा उल्लेख गरिएको छ । त्यसैगरी महागौरी सेतो वृषभमाथि चढेकी, गोरो वर्णकी र श्वेतवस्त्र धारण गरेकी स्वरूपा देवीलाई पुराणलगायत शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।

नवरात्रको पहिलो दिन दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो ।

दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी देवी, सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो ।

साथै आज आठौँ दिन (मंगलबार)महागौरी देवीको पूजा आराधना गरिँदै छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी) श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस