
नारी बाटिका
नारी वाटिका संवाददाता
काठमाडौँ- १४ असोज ।
देशका विभिन्न स्थानमा घर भई रोजगारी तथा अध्ययनका लागी बस्नेहरु दसैँका लागि एकैदिनमा १ लाख ११ हजारभन्दा बढीले उपत्यकाबाट बाहिरिएका छन् । यसरी दशैंका लागी आ आफ्ना घर जाने यात्रुहरूको कारण यतिवेला सार्वजनिक यातायातमा तीव्र रूपमा चाप बढेको हो।
पछिल्लो २४ घण्टामा मात्रै १८ हजार ६१३ सवारी साधनबाट १ लाख ११ हजार ६३९ यात्रु उपत्यकाबाट बाहिरिएका हुन्। ट्राफिक प्रहरी महाशाखाका अनुसार घटस्थापना (असोज ६) देखि असोज १३ गते बिहानसम्म जम्मा ८३ हजार ८७ सवारी साधनमार्फत ४ लाख ६० हजार ९७७ यात्रु उपत्यका बाहिरिएका थिए।
त्यसैगरी उपत्यकामा घर भई देशका विभिन्न स्थानमा बसोबास गर्नेहरु उपत्यका भित्रिनेको सङ्ख्या पनि उल्लेख्य छ। सोही अवधिमा ६१ हजार ७८१ सवारी साधनमार्फत २ लाख ५२ हजार ७५५ यात्रु काठमाडौं उपत्यका प्रवेश गरेका हुन्।








प्रतिक्रिया दिनुहोस