आज: २०८२ फागुन ५, मंगलबार | Tue, 17, Feb, 2026

बडादशैँको आज १२ औं दिन,टीका लगाउने क्रम जारी

२०८२ आश्विन १८, शनिबार मा प्रकाशित ( ४ महिना अघि) ६७५९ पटक पढिएको
नारी बाटिका


बिवियु,नारी वाटिका संवाददाता
धादिङ -१८ असोज ।

वडादशैंको आज १२ औं दिन आज आश्विन शुक्ल पक्षको द्वादशी तिथि हो। बडादशैँको टीका लगाउने क्रम पनि जारी छ। आज(शनिबार) २० घडी ११ पला अर्थात् दिउँसो २ बजेर ३ मिनेट सम्म द्वादशी तिथि रहने छ।

बडादशैँ अर्थात् शरद नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने परम्परा छ। विजयादशमीको दिन असोज १६ गते आ आफ्ना घर परिवारमा मान्यजनको हातबाट टीका लगाई आफन्त तथा मान्यजन कहाँ जाने गरिन्छ ।

साथै टाढा रहेका माईती मावली, बन्धु, र ससुरालीलगायत नाताकहाँ टीका लगाउन जाने चलन छ। यो क्रम पूर्णिमा सम्म रहनेछ। आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन गरेपछि यस वर्षको दशैंको टीका लगाउने क्रम समाप्त हुन्छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस